GB Koirala Banner Ad New

नेपाली सेनाले सफलता पूर्वक एमसीसी २०२१– सफा हिमाल अभियान २०२१–को आधीयात्रा पूरा गर्दै 

काठमाडौँ । नेपाली सेनाको संयोजितनेपाल सरकारको सफा हिमाल अभियान २०२१ कार्यक्रमले माउन्ट एभरेष्ट, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लाम लगायतका ६ वटा हिमालयहरुबाट फोहोर संकलनको हाफवे मार्क सफलता पूर्वक सम्पन्न गरेको छ । यस टोलीमा अनुभवी शेर्पाहरु समर्थकको रुपमा र नेपाली सेना गरी जम्मा ११२ जना सदस्यहरु रहेका छन् ।

यस अभियान औपचारिक रुपमा अप्रिल १३, २०२१ मा सुरु भयो र हाल सम्म ६ वटा हिमालयहरुबाट २१,१६७ किलोग्रामको फोहोर संकलन गरिएको छ जसमा १८६८ किलोको बायो–डग्रेडेबल फोहोर र १९,२९९ किलोको नन–बायो डिग्रेडेबल फोेहोरहरु समावेश रहेका छन् ।

टोलीले संकलन गरेको फोहोरहरुमा खारेज गरिएको अक्सिजन ट्याङक, परित्याग गरिएका टेन्टहरु, खाद्यान्न कन्टेनर, प्लास्टिक, ग्लास, एल्मुनियम, इलेक्ट्रा ‘निकफोहोरहरु समावेश रहेका छन् ।

यस बाहेक पहिला दुर्घटना भएको ९ एन–एसीआर नम्बरको हेलिकप्टर र दुई विभिन्न ठाउँहरुबाट पर्वतारोहण गियर सहित दुई मानव अवशेषहरु पनि धौलागिरी टोलीले रिट्राइभ गरेको छ र मृतकको पहिचान र व्यवस्थापनका लागि थप अनुसन्धानहरु सुरु गरिएको छ ।

हिमाल सफाई अभियान २०७८ का मिडिया कोअर्डिनेटर लेफ्टिनेन्टकर्नेल दिपक भण्डारीले भन्नुभयो,“ ६ वटा हिमालहरु सफा गर्ने उदेश्यले अभियानमा खटाइएका टोलीले स्थानीय सरकारसँगको नजिकको समन्वयमा समर्पणका साथ फोहोर संकलन गर्ने कार्यमा लागि परेका छन् ।

हिमालयहरुको यात्रापक्कै पनि कठिन हो र साथै हाम्रो टोलीलाई यस महानअभियानको हिस्सा हुननम्र तुल्याइएको छ र हामी सकेसम्म धेरै फोहोरहरु उठाउन कटिबद्ध छौँ।”

सफा हिमाल अभियानको लक्ष्यभनेको प्रकृति र वातावरणको संरक्षण गरेर ६ वटा हिमालहरु सफा गरी जलवायु परिवर्तनको प्रभावलाई कम गर्नको लागिहो। टोलीहरु स्थानीय सरकार, स्थानीय सरोकारवालाहरु र सबै सम्बन्धित साझेदारहरु सँग घनिष्ट समन्वयमा कामगर्दै छन् ।

फोहोर संकलन गतिविधिहरु सम्पन्न भएपछि संकलन गरिएको फोहोरलाई थप रिसाइक्लिङको लागि रिसाइक्लिङ पार्टनरलाई हस्तान्तरण गरिने छ ।

नेपाल पर्यटन बोर्डका सीईओ डा. धनंजय रेग्मीले भन्नुभयो, “हिमालचढ्ने काम धेरै नेपाली र विदेशीहरुको लागि एक ठूलो स्पोर्ट हो र धेरैले यसलाई जितेका छन् ।

साथै हाम्राभावी पुस्ताहरुका लागि हिमालयलाई सम्मान र संरक्षण गर्ने हाम्रो जिम्मेवारी रहेको छ । नेपाल सरकार, नेपाली सेना र अन्य धेरै निजी साझेदारहरु हिमालयको सुरक्षाको लागि एकताबद्ध भएर जम्मा भएको देख्नु अत्यन्त रहेको छ ।”