काठमाडाै- क्यानडाले नेपाल ‘ए’ विरुद्ध जारी एकदिवसीय सिरिज जितेको छ। तेस्रो खेलमा ४ विकेटको जित निकाल्दै क्यानडाले सिरिज आफ्नो पक्षमा पारेको हो।
मुलपानी क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य क्यानडाले ३९ औं ओभरमा ६ विकेट गुमाएर पूरा गरेकाे छ। क्यानडाका लागि निकोलस किर्तनले अर्धशतक बनाए। किर्तनले ७९ बलमा ६ चौकासहित ५८ रनको योगदान दिए।
यससँगै क्यानडाले ३ खेलको सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हाे। क्यानडाले पहिलो खेल ४ विकेटले जितेको थियो। दोस्रो खेलमा नेपाल २ विकेटले विजयी भएको थियो।