GB Koirala Banner Ad New

आईसीसी मेन्स सीडब्लूसी लिग–टुअन्तर्गतको त्रिकोणात्मक शृंखलाका लागि नेपाली टिमको घोषणा

काठमाडौँ ।नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी मेन्स सीडब्लूसी लिग–टुअन्तर्गतको त्रिकोणात्मक शृंखलाका लागि बुधबार नेपाली टिमको घोषणा गरेको छ । रोहित पौडेलको नेतृत्वमा रहेको टिममा १५ सदस्य छन् र त्यसमा अनिल शाह र देव खनाललाई पनि समावेश गरिएको छ ।

टिममा परेका अन्य खेलाडीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ छन् ।

त्रिकोणात्मक शृंखलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स छन् । नेपालले बिहीबारको आफ्नो पहिलो खेलमा नामिबियाको सामना गर्नेछ । शनिबारको दोस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग भिड्ने छ ।