GB Koirala Banner Ad New

तेक्वान्दो खेलाडी काजललाई लिसंखुपाखर गाउँपालिकाले दियो दुई लाख

लिसंखुपाखर गाउँपालिका– ५ निवासी तेक्वान्दो खेलाडी काजल श्रेष्ठलाई लिसंखुपाखर गाउँपालिकाले दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

ललितपुरस्थित तेक्वान्दो तालिम केन्द्रमा कार्यक्रम गरेर नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणााले काजलसहित आठ खेलाडीलाई बिदाइ गरे। श्रेष्ठ १३औँ साफमा स्वर्ण पदक विजेता हुन्।

सिन्धुपाल्चोक तेक्वान्दोका अध्यक्ष प्रेम भण्डारीले नगद १५ हजार सहयोग गरेर उनलाई थप हौसला प्रदान गरेका छन्।

२९ मेमा अजरबैजानमा हुने विश्व तेक्वान्दो प्रतियोगितामा भाग लिन श्रेष्ठ त्यसतर्फ जानुअघि उनलाई पालिका अध्यक्ष राजु लामाले सो रकम हस्तान्तरण गरेका हुन्।