GB Koirala Banner Ad New

टोकियो ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने

एजेन्सी । टोकियो ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरुलाई अर्को हप्तादेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । जापानको ओलम्पिक कमिटीले गरेको घोषणाअनुसार जापानको राजधानी टोकियो हुन गइरहेको ओलम्पिक खेलमा सहभागी हुनुपर्ने ती प्रतिनिधि एवं खेलाडीहरुलाई आउँदो जुन १ तारिखबाट खोप लगाउन सुरु गरिने भएको जानकारी दिएको छ ।

समाचारअनुसार जापानको ओलम्पिक कमिटीले आउँदो मङ्गलवारबाट ती प्रतिनिधिहरुलाई खोप लगाइने भएको हो । यस ओलम्पिकमा जापानका एक हजार ६०० एथ्लेटिक्सका खेलाडी, सरकारी अधिकारीहरु र प्रशिक्षकहरु हुने बताइएको छ ।

उनीहरुलाई आउँदो मङ्गलवारबाट टोकियोमा रहेको नेशनल ट्रेनिङ सेन्टरमा खोप दिइने बताइएको छ । ती प्रतिनिधिहरुलाई अमेरिकाको खोप निर्माता कम्पनी फाइजर आइएनसीले खोप दिने जनाएको छ ।

जापान सरकारले यहाँका नागरिकलाई खोप लगाइरहेको छ । तर पनि जापानमा अहिलेसम्म जम्मा दुई प्रतिशत नागरिकलाई मात्र खोप दिइएको छ । जापानको राजधानी टोकियोमा आउँदो जुलाई २३ देखि अगष्ट ८ तारिखसम्म ओलम्पिक खेलको आयोजना गरिएको छ ।