GB Koirala Banner Ad New

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सीले शीर्ष स्थानको सिटीलाई हरायो

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएको छ । गएराति भएको खेलमा चेल्सीले सिटीलाई २–१ गोलले हरायो । ४४ औं मिनेटमा सिटीका रहिम स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाए पनि ६३ मिनेटमा हाकिम जेइच र इन्जुरी समयको अन्तिम मिनेटमा मार्कुस एलोन्सोले गोल गरेर टिमलाई जिताए ।

जितसँगै चेल्सी ६४ अंकका साथ तेस्रो स्थानमा पुगेको छ । सिटी ८० अंकसहित शीर्ष स्थानमा छ । गएराति नै भएका खेलमा लिड्सले टोटनह्यामलाई ३–१ गोलले, क्रिस्टल प्यालेसले सेफिल्डलाई २–० ले र लिभरपुरले साउथ ह्याम्प्ट्नलाई २–० गोलले हराएका छन् ।