GB Koirala Banner Ad New

रियल मड्रिडलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

एजेन्सी । रियल मड्रिडलाई २–० गोल अन्तरले हराउँदै चेल्सी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा चेल्सीलाई जिताउन टिमो वार्नर र मिसन माउण्टले एकरएक गोल गरे । अब चेल्सीले टर्कीको इस्तानबुलमा च्याम्पियन्स लिगको तेस्रो फाइनल प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँग खेल्नेछ ।

सिटी मंगलवार राति पेरिस सेन्ट जर्मेन (पीएसजी )लाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ । उसले सन् २००८ मा म्यानचेस्टर युनाइटेडसँग पेनाल्टी सुटआउटमा उपाधि गुमाएको थियो । त्यस्तै सन् २०१२ मा बार्यन म्युनिखलाई हराएर उपाधि जितेको थियो ।