GB Koirala Banner Ad New

सिरी ‘ए’ : पार्मा काल्सियोमाथि इन्टर मिलानको जित

एजेन्सी । इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले पार्मा काल्सियोमाथि जित निकालेको छ । गएराति भएको खेलमा इन्टर मिलानले पार्मा काल्सियोलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मिलानलाई जित दिलाउनको लागि दुवै गोल एलेक्सिस सान्चेज गरे । घरेलु टोलीका हर्नानीले एक गोल फर्काए । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ५४औं मिनेटमा एलेक्सिस सान्चेजले गोल गर्दै इन्टर मिलानलाई १–० को अग्रता दिलाए ।

६२औं मिनेटमा सान्चेजले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । उनले रोमेलु लुकाकुको पासमा गोल गरेका थिए । ७१औं मिनेटमा हर्नानीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याउँदै खेलमा फर्कने संकेत लिएपनि त्यसपछि थप गोल निस्कन नसक्दा इन्टर विजयी हुन सफल भयो ।

जितपछि इन्टर मिलानले २५ खेलबाट ५९ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एसी मिलानको ५३ अंक छ । पराजित पार्मा १५ अंक जोडेर रेलिगेसन जोनको १९औं स्थानमा रहेको छ ।