काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसिटीले टुसाल युथ क्लबलाई पराजित गरेको छ ।
सोमबार भएको खेलमा आरसिटीले टुसाल युथ क्लबलाई शुन्यका विरुद्ध एक गोलले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा आरसिटीलाई जित दिलाउन अजित गुरुङले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३ औं मिनेटमा अजितले निर्णायक गोल गरेका हुन् । जितसँगै आरसिटी लिगको पाँचौं स्थानमा उक्लिएको छ ।
आरसिटीले ८ खेलमा १२ अंक जोडेको छ । टुसाल ८ खेलमा ८ अंक जोडेर सातौं स्थानमा रहेको छ । लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।


























