GB Koirala Banner Ad New

ला लिगा :  बराबरीमा रोकिएसँगै रियल मड्रिडले दोस्रो स्थानमा जाने मौका गुमायो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविकको विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ । रियल मड्रिडले रियल सोसिडाडसँग १–१ गोलको बराबरी खेलेको छ । हार तर्फ गएको रियल मड्रिडलाई भिनिसियस जुनियरले ८९ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याए ।

बराबरीसँगै रियल मड्रिडले बार्सिलोनाभन्दा अघि रहँदै दोस्रो स्थानमा जाने मौका गुमाएको छ । रियल मड्रिड र बार्सिलोनाको समान ५३ अङ्क भए पनि गोल अन्तरका आधारमा बार्सिलोना दोस्रो र रियल मड्रिड तेस्रो स्थानमा छन् ।