एजेन्सी । आरबी लाइप्जिगलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको क्वाटर–फाइनलमा प्रवेश गरेको छ । अन्तिम १६–को दोस्रो लेगमा लाइप्जिगलाई दुई–शून्यले हराउँदै लिभरपुल क्वाटर फाइनल पुगेको हो । पहिलो लेगमा पनि २– ० ले पराजित भएको लाइप्जिग समग्रमा ४–० ले पराजित हुँदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।
दोस्रो लेगमा लिभरपुलका लागि मोहम्मद सलाह र साडियो मानेले एक–एक गोल गरे । लिभरपुलले दुवै गोल दोस्रो हाफमा गरेको हो । सलाहले खेलको ७० औँ मिनेटमा गोल गरे भने मानेले ७४ औँ मिनेटमा गोल गरे । यस्तै बुधवार राति भएको अर्को खेलमा बार्सिलोनालाई हराउँदै पेरिस सेन्ट जर्मेइन क्वाटर–फाइलमा प्रवेश गरेको छ ।


























