GB Koirala Banner Ad New

म्यानचेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम, युनाइटेडसँग पराजित

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको २१ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको छ । म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई २–० गोल अन्तरले हराएको हो । युनाइटेडका ब्रुनो फर्नान्डेज र लुकीसोले एकरएक गोल गरे ।

खेलको दोस्रो मिनेटमै पेनाल्टी पाएको युनाइटेडका लागि ब्रुनोले गोल गरे । त्यस्तै खेलको ५० औं मिनेटमा लुकीसोले गोल गरेपछि युनाइटेड महत्त्वपूर्ण तीन अङ्क जोड्न सफल भयो ।

जितपछि युनाइटेड ५४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको सिटीको ६५ अङ्क छ । दुवै टोलीले समान २८–२८ खेल खेलेका छन् । तेस्रो स्थानमा रहेको लेस्टर सिटीको भने ५३ अङ्क छ ।