GB Koirala Banner Ad New

आज आइतबार एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमाले संसदीय दलको बैठक आज आइतबार बस्दै छ । आज मध्यान्ह १२ बजे बस्ने बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा थप छलफल हुनेछ।

एमाले सचिव योगेश भट्टराईका अनुसार सदनको बैठकमा सांसदले खेल्ने भूमिकाबारे पनि आजको बैठकमा छलफल हुनेछ।

हिजो शनिबार बसेको एमाले स्थायी कमिटी बैठकले आज संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो । सदनको बैठकमा संयमित र मर्यादित रुपमा प्रस्तुत हुन आफ्ना सांसदलाई एमालेले निर्देशन दिएको छ।