काठमाडौं । आज अपरान्ह बबरमहल हाईटस्थित स्थित कार्की पार्टी प्यालेसमा नेकपा (एमाले) को माधवकुमार नेपाल पक्षको बिद्यार्थी संगठन अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा अखिल फोर्सको बृहत भेला तथा घोषणा कार्यक्रम सुरु भएको छ।
उक्त भेलामा प्रमुख अथिति पुर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)(का वरिष्ठ नेता माधवकुमार नेपाल, अखिल फोर्सका अध्यक्ष तपेन्द्र शाही, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामा लगायत उपस्थिति रहेको छन।
कार्यक्रम अधि अखिल फोर्सले व्यापक मोटरसाइकल जुलुश गरि वरिष्ठ नेता नेपाललाई स्कटिङ गरेर लिएर गएको थियो ।































