GB Koirala Banner Ad New

सञ्चालन भएन एकीकृत केन्द्रीय अस्पताल

काठमाडौँ । वीर अस्पतालको नयाँ भवनलाई कोरोना सङ्क्रमितका लािग एकीकृत केन्द्रीय अस्पताल बनाउने निर्णय गरिए पनि अस्पताल सञ्चालनमा आउन सकेको छैन । अक्सिजन आपूर्ति सहज नहुँदा एकीकृत अस्पताल सञ्चालनमा समस्या परेको हो ।

गत वैशाख २५ गतेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई पाँच सय श(याको एकीकृत केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको थियो । मुलुकमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालमा शøया अभाव हुन थालेपछि सरकारले सो निर्णय गरेको थियो तर निर्णय भएको दुई हप्ता बित्न लाग्दा पनि वीर अस्पतालको नयाँ भवन कोरोना सङ्क्रमितको उपचारका लागि सञ्चालनमा आउन सकेको छैन । अहिले पनि सो भवन प्रयोगविहीन अवस्थामा छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सरकारको सो निर्णय कार्यान्वयनको जिम्मेवारी वीर अस्पताल प्रशासनलाई दिइसकिएको जानकारी दिनुभयो । नयाँ भवनमा कोभिड–१९ को एकीकृत केन्द्रीय अस्पताल सञ्चालन गर्ने सम्पूर्ण जिम्मेवारी अस्पतालकै रहेको स्पष्ट पार्दै उहाँले अहिलेसम्म सरकारको निर्णयबमोजिम अस्पताल सञ्चालनमा आउन नसक्नुमा वीर प्रशासनकै दायित्वभित्र पर्न आउँछ भन्नुभयो ।

उहाँले नयाँ भवनमा अक्सिजन प्लान्ट तथा ट्याङ्क जडानका लागि मन्त्रालयले वीर अस्पताललाई आवश्यक रकम उपलब्ध गराइसकेको जानकारी दिँदै अक्सिजन प्लान्ट र ट्याङ्क जडान भएको भोलिपल्ट नै मन्त्रालयले तरल अक्सिजनको आपूर्ति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वीर अस्पतालका निर्देशक डा. शान्ता सापकोटाले सरकारको निर्णय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन बमोजिम वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९को एकीकृत केन्द्रीय अस्पतालका रूपमा सञ्चालन गर्न आवश्यक जनशक्तिको तयारी भइसकेको बताउँदै पर्याप्त अक्सिजन सिलिन्डरको अभावले सञ्चालन हुन नसकेको स्पष्ट पार्नुभयो ।

अक्सिजन आपूर्तिका लागि आफूले मन्त्रालयमा पहल गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “नियमित रूपमा अक्सिजनको जति आपूर्ति हुनसक्छ, त्यसका आधारमा हामी बिरामी भर्ना लिई अस्पताल सञ्चालन गर्न सक्छौँ ।” जनशक्ति र आवश्यक पूर्वाधार तयारी अवस्थामा छ तर अक्सिजन अभावले तत्काल अस्पताल सञ्चालनमा आउन नसकेको उहाँले स्पष्ट पार्नुभयो ।

सो अस्पतालका लागि चिकित्सकको चयन गरी कार्यतालिका ९ड्युटी रोस्टर०समेत तयार भइसकेको बताउँदै उहाँले भन्नुभयो, “सुरुमा सय जना बिरामीको उपचारका लागि कम्तीमा दुई सय अक्सिजन सिलिन्डरको ‘राउन्ड अफ क्लक’ सुनिश्चितता हुनुप(यो । बिरामीको सङ्ख्या बढाउँदा त्यही अनुपातमा सिलिन्डरको सङ्ख्या पनि थप्दै जानुप(यो ।”

पाँच सय श(याको अस्पताल सञ्चालन गर्न दैनिक कम्तीमा एक हजार सिलिन्डर अक्सिजन र दुई–तीन सय श(या सञ्चालन गर्न पाँचरछ सय सिलिन्डर अक्सिजन चाहिने बताउँदै उहाँले अक्सिजन प्लान्ट र ट्याङ्क बढीमा एक महिनाभित्र जडान भइसक्ने जानकारी दिनुभयो । आजको गोरखापत्र दैनिकबाट