GB Koirala Banner Ad New

माछापुच्छ्रे बैंक र विश्वप्रसिद्ध फुड चेन कम्पनीबीच सहकार्य

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई थप सुविधा प्रदान गर्ने तथा डिजिटल बैंकिङ कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले विश्वप्रसिद्ध फुड चेन कम्पनी KFC र प्रविधि कम्पनी Ingenico सँग सहकार्य गरेको छ।

नेपालमा पहिलो पटक हस्पिटालिटी उद्योगलाई लक्षित गरी गरिएको यस सहकार्य अन्तर्गत KFC का विभिन्न आउटलेटहरूमा भुक्तानी गर्न माछापुच्छ्रे बैंकका अत्याधुनिक POS (Point of Sale) उपकरणहरू जडान गरिएको छ।

यी उपकरणहरूले ग्राहक र व्यापारी दुवैका लागि छिटो, सुरक्षित र सहज रूपमा कार्ड तथा QR मार्फत भुक्तानी सुविधा प्रदान गर्नेछन्। बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको जनाएको छ।

यस सहकार्यले दैनिक कारोबारलाई अझ सरल, प्रभावकारी र पारदर्शी बनाउने अपेक्षा गरिएको छ। यसले सेवा समय घटाउनुका साथै ग्राहक सन्तुष्टि बढाउन पनि महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।

स्थापनाकालदेखि नै नवीनतम प्रविधिमा आधारित सेवा तथा सुविधा ल्याउन कटिबद्ध माछापुच्छ्रे बैंकले हाल देशभर हिमाल, पहाड र तराई समेट्दै पूर्वदेखि पश्चिमसम्म आफ्नो सेवा सञ्जाल विस्तार गरेको छ।

बैंकले हाल १६५ शाखा, ८८ शाखारहित बैंकिङ सेवा केन्द्र तथा ११ एक्सटेन्सन काउन्टर सहित कुल २७४ सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। साथै, १९९ एटीएममार्फत १८ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।