GB Koirala Banner Ad New

३१औं विश्व आदिवासी दिवस नेपालमा भव्य रूपमा मनाइने, नेफ्डिन, एफएओ र युनेस्कोको संयुक्त सहकार्य

काठमाडौं । नेपालमा यस वर्ष ३१औं विश्व आदिवासी दिवस भव्य र समावेशी ढंगले मनाइने भएको छ । पहिलो पटक आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (नेफ्डिन), फूड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ) र युनेस्को नेपालको संयुक्त सहकार्यमा दिवस बृहत रूपमा मनाउने तयारी गरिएको हो ।

यसै सन्दर्भमा सोमबार ललितपुरस्थित एफएओको सभाहलमा सम्पन्न विशेष बैठकले कार्यक्रम व्यवस्थापनलाई व्यवस्थित गर्न आवश्यक तयारीलाई तीव्र बनाएको छ । बैठकले कार्यक्रमको सुचारु सञ्चालनका लागि कार्यक्रम व्यवस्थापन, मञ्च तथा अतिथि व्यवस्थापन, सांस्कृतिक प्रस्तुति, प्रचार–प्रसार, झाँकी प्रदर्शन, स्वयंसेवक परिचालन, भेषभूषा तथा परिकार व्यवस्थापनजस्ता विविध पक्ष समेट्ने गरी उपसमितिहरू गठन गरेको छ ।

बैठकमा उपस्थित प्रमुख अतिथिहरूमध्ये नेफ्डिनका उपाध्यक्ष रेशम गुरुङ, सदस्य सचिव ज्ञानेन्द्र पुन, एफएओका प्रतिनिधि राज हुमागाई र युनेस्को नेपालकी प्रतिनिधि वर्षा लेखीले आफ्ना विचार तथा योजना प्रस्तुत गरेका थिए ।