GB Koirala Banner Ad New

उपत्यका अपराध अनुसन्धान कार्यालय नयाँ बानेश्वरबाट टेकु सर्‍यो

हालसम्म नयाँ बानेश्वरस्थित कार्यालयबाट सेवा दिँदै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २४ असार देखि कामनपा-१२ स्थित टेकुबाट सेवा प्रवाह सुरु गरेको छ । विगतमा जिल्ला प्रहरी परिसर काठमाडौंले सेवा प्रदान गर्दै आएको टेकुस्थित कार्यालयबाट सेवा सुरु गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिएका छन् ।

‘हाम्रो भवन टेकुमै निर्माणाधीन अवस्थामा छ, आजदेखि विगतमा जिल्ला प्रहरी परिसर काठमाडौंले सेवा प्रदान गर्दै आएको टेकुस्थित कार्यालयबाट सेवा प्रवाह सुरु गरेका छौँ’, एस्पी जिसीले भनेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले पूजापाठ गरी कामकाज सुरु गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं हिजो आइतबार भद्रकालीस्थित आफ्नै भवनमा सरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुस्थित भवनमा सरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यसअघि नयाँ बानेश्वरबाट सेवा प्रवाह गर्दै आएको थियो ।