कविता र गीत विधामा उत्तिकै लोकप्रिय जनकवि दुर्गालाल श्रेष्ठ ‘बुढानीलकण्ठ आजीवन साधना सम्मान २०८०’बाट सम्मानित भएका छन्।
बुढानीलकण्ठ नगरपालिकाले आयोजना गरेको महोत्सवमा कवि दुर्गालाललाई जनप्रतिनिधिहरूको उपस्थितिमा मेयर र उपमेयरद्वारा सम्मान गरिएको हो। उनलाई आजीवन नेपाली र नेपाल भाषा साहित्यका लागि गरेका योगदान सम्झँदै सम्मान गरिएको व्यहोरा युवा कवि प्रज्ज्वल अधिकारीले पढेर सुनाएका थिए। सम्मानस्वरूप उनलाई ५५ हजार पाँच सय ५५ नगद राशि प्रदान गरियो।
१९९२ सालमा काठमाडौंमा जन्मिएका ८८ वर्षीय कवि दुर्गालालले जनकवि तथा जगदम्बाश्रीजस्ता पुरस्कार र सम्मानबाट सम्मानित भइसकेका कवि दुर्गालाल पछिल्लो पुस्तामाझ आनी छोइङ डोल्माले न्ह्यु बज्राचार्यको संगीतमा गाएको ‘फूलको आँखामा फूलै संसार’का गीतकारका रूपमा बढी चर्चित छन्।































