आईसीसी विश्वकप लिग २ को तेस्रो खेलमा नेपाल नामिबियाविरुद्ध १६८ रनमै अलआउट भएको छ ।
टस हारेपछि ब्याटिङमा उत्रिएको नेपाल ३९ ओभरमा अलआउट भएको पहिलो खेलमा पनि नेपालले टस हार्दै ब्याटिङ गर्दा १३३ रनको लक्ष्य दिँदा पराजित हुन पुगेको थियो ।
दोस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध शानदार ९ विकेटको जीत दर्ता गरे पनि तेस्रो खेलमा नेपाल फेरि कमजोर देखिएको हो ।
नेपालको लागि आशिफ शेखले ६४ बलमा सर्वाधिक ५८ रन बनाए ।
लगातार तीन विकेट गुमाउँदा दबाबमा देखिएको छ । कुशल मल्लले ३६ र भीम सार्कीले २६ रन बनाए । ओपनर कुशल भुर्तेलले १८ रन बनाए ।
नेपाललाई कम रनमा समेट्न नामिबियाका लागि बर्नाड स्कोल्टस्ले १० ओभरमा ३१ रन दिँदा ४ विकेट लिए ।
जान लिकोनले ३ विकेट लिए ।