GB Koirala Banner Ad New

गौरिकाले राखिन् नयाँ कीर्तिमान

गौरिकाले कतारको दोहामा चलिरहेको विश्व एक्वाटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान राखेकी छिन् । प्रतियोगिताअन्तर्गत सय मिटर ब्याकस्ट्रोकमा गौरिकाले आफ्नै नाममा रहेको रेकर्ड तोडेकी छिन् । उनले यस विधामा नयाँ राष्ट्रिय रेकर्डका रूपमा १ मिनेट ५.४७ सेकेन्ड राखिन् । उनले गत वर्ष जापानको फुकुवाकामै भएको बिश्व एक्वाटिक्स च्यामिपयनसिप २०२३ मा १ मिनेट ६.८० सेकेन्ड रेकर्ड राखेकी थिइन् । यसपटक उनले १.३३ सेकेन्ड समय सुधार गर्दै नयाँ कीर्तिमान कायम गरेकी हुन् ।