GB Koirala Banner Ad New

इजरायलबाट २५४ नेपाली विद्यार्थीको उद्धार

काठमाडौँ — इजरायलमा रहेका २ सय ५४ नेपाली विद्यार्थीको उद्धार गरिएको छ । विद्यार्थी लिन सरकारले परराष्ट्रमन्त्री एनपी साउदलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानसहित बिहीबार बिहान पठाएको थियो । आरए २२९–२३५३ को विमान बिहान ४ बजे त्रिभुवन विमानस्थलबाट उडेको थियो ।

उद्धार गरिएका मध्ये कृषि विश्वविद्यालयका १ सय १९, त्रिभुवन विश्वविद्यालयका ९७ र सुदूरपश्चिम विश्वविद्यालयका ३५ जना विद्यार्थी छन् ।

इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले विश्वविद्यालयसँग समन्वय गरी विद्यार्थीहरूको चाहनाअनुसार स्वदेश पठाइएको बताइन् । ‘पहिलो प्राथमिकता विद्यार्थीलाई दिइएको छ, अब कामदारलाई पठाइनेछ,’ उनले भनिन् । इजरायलमा ४ हजार ५ सय नेपाली कामदार छन् ।