GB Koirala Banner Ad New

बोर्डको सबै कार्यक्रम बहिस्कार गर्ने चलचित्र सम्बद्ध संघसस्थाको घोषणा

काठमाडौं,। पछिल्लो समय चलचित्र विधेयकको बिषयलाई लिएर चलचित्र सम्बद्ध संघ सस्थाले चलचित्र बिकास बोर्डको सबै कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेको छ ।

२०८० असाेज १९गते शुक्रवार निर्माता संघ, चलचित्र संघ, कलाकार संघ, निर्देशक समाज, प्राविधिक संघ, आदिवासी चलचित्रकर्मी महासंघलगायत चलचित्र सम्बन्धी ९ वटा संघ सस्थाहरुको सामूहिक बैठक बसेको थियो ।बैठकले चलचित्र बिकास बोर्डले सरोकारवाला संघ सस्थालाई खबर र छलफल नै नगरी चलचित्र विधेयक तयार गरी सुझाव माग गर्दै बोर्डको वेभ साइटमा राखेको भन्दै आपत्ति जनाएको छ ।

सरोकारवाला संघ सस्थाहरुको सहमति बिना चलचित्र बिधेयक अगाडि नबढाउन अनुरोध गर्दै संघसस्थाले चलचित्र बिकास बोर्ड र संचार तथा सूचना प्रविधि मन्त्रालयमा पत्र बुझाएको छ ।यस अघि चलचित्र सम्बन्धि संघ संस्थाले ड्राफ्ट गरी बोर्डसँग सहमति गरेको विधेयक लुकाएर बोर्डले चलचित्र उध्योग र संघीयताको मर्म विपरित गोप्य रुपमा विधेयक ड्राफ्ट गरी अगाडि बढाएको आरोप लगाएको छ ।

सुक्रबार संचारमन्त्री रेखा शर्मालाई पत्र बुझाउँदै सबै संघ संस्थाले सहमतिमा विधेयकको ड्राफ्ट वा सुझाव पठाइसकेपछी मात्र मन्त्रालयमा पेस गर्न माग गर्दै त्यस अघिका बोर्डका सबै कार्यक्रम बहिस्कार गर्ने ८ सस्थाले निर्णय गरेको हो ।नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का र नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले कुनै पनि सस्था र चलचित्रकर्मी चलचित्र विधेयकमा सहमति नभएसम्म बोर्डको कार्यक्रममा सहभागी नहुने बताएका छन् ।

सबै संघसस्थाले अर्को शनिवारसम्म चलचित्र विधेयक अध्ययन गरी सुझाव र स्पष्टिकरणसहित चलचित्र बिकास बोर्ड र मन्त्रालयमा पेस गर्ने तयारी गरेको छ ।