GB Koirala Banner Ad New

नेताहरूको कार्यव्यस्तता देखाउँदै समाजवादी मोर्चाको धनगढी सभा स्थगित

काठमाडौँ । समाजवादी मोर्चाले आज धनगढीमा गर्ने भनिएको सन्देश सभा अन्तिम समयमा आएर स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि तय गरिएको सभा मोर्चामा आवद्ध दलका शीर्ष नेताहरूको कार्यव्यस्ततालाई देखाउँदै स्थगित गरिएको हो ।

‘शीर्ष नेताहरूको कार्यव्यस्तताले आजका लागि तय गरिएको सभा स्थगित गरिएको छ,’ नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले भने,‘त्यहाँको कार्यक्रम नेताहरूले आपसी परामर्शमा तय गर्नुहुनेछ ।’

हिजो उनीहरूले बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सभा भएको थियो । भदौ ८ गते वीरगन्जबाट सुरु भएको मोर्चाको प्रदेश स्थरीयसभा भोलि अर्थात् भदौ १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते बागमतीको हेटौँडा, २५ गते कोशीको विराटनगरमा हुनेछ ।