GB Koirala Banner Ad New

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा बिस्व राज बज्राचार्य र वरिष्ठ उपाध्यक्ष वीरेन्द्रलाल श्रेष्ठको उम्मेदवारी घोषणा

ललितपुर उद्योग वाणिज्य संघको आसन्न ४४औं साधारण सभा तथा अधिवेशनमा हुने संघको निर्वाचनको लागि संघको वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष युवाउद्यमी  बिस्व राज बज्राचार्यजलेअध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । बज्राचार्यले एक कार्यकाल कार्यसमिति सदस्य र एक कार्यकाल वाणिज्य उपाध्यक्षको जिम्मेवारी सफतलापूर्वक निर्वाह गरिसक्नु भएको छ । हाल वहाँ वर्तमान वरिष्ठ उपाध्यक्ष हुनु हुन्छ ।

बज्राचार्य सोसल ईन्टरप्रेनर (Social Entrepreneur) को रुपमा पनि परिचित हुनुहुन्छ ।ब्यवसायीक नेतृत्व विकास र ब्यवसायिक ईमान्दारितालाई आफ्नो मुख्य ऐजेण्डा बनाएर अघि बढनु भएका बज्राचार्यले राज्यब्यवस्थाले कायम गरेका नीति नियम, कानूनी प्रावधानलाई लागू तथा सुधार गर्दै ब्यवसायिक एकतामा जोड दिनु भएको छ ।बज्राचार्यले वर्तमान कार्यसमितिले सुरु गरेका कार्यलाई निरन्तरतादिने प्रतिवद्धता पनि ब्यक्त गर्नु भएको छ ।

यसैगरी, वर्तमान संस्थागत उपाध्यक्ष तथा ललितपुर जिल्लाका प्रसिद्ध ब्यवसायी वीरेन्द्रलाल श्रेष्ठले बज्राचार्यको समूहबाट संघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । श्रेष्ठले एक कार्यकाल कार्यसमितिको संस्थागत सदस्य र संस्थागत उपाध्यक्षको जिम्मेवारीको दोस्रो कार्यकालको जिम्मेवारी वहन गरिरहनु भएको छ ।

संघको आउँदो असोज महिनाको १९ गते ललितपुरको शंखमुलस्थित यल दरवारमा साधारण सभा र २० गते स्टाफ कलेज, जावलाखेलमा निर्वाचनहुने कार्यक्रम रहेको छ ।