GB Koirala Banner Ad New

कुनै पनि कारण सदन अवरोध भएको खण्डमा रास्वपाले वैठक भत्ता नलिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसदहरुले कुनै पनि कारण सासद नचलेको र अवरोध भएको खण्डमा वैठक भत्ता लगायतका कुनै पनि सुविधा नलिने भएका छन् ।

सरकारले अनुसन्धान गरिरहेको अबैध सुन काण्डको सवालमा प्रमुख प्रतिपक्ष दलले उच्चस्तरीय छानविनको माग गर्दै सदन अबरुद्ध गरिरहेको कारण रास्वपाले यस्तो जनाएको हो ।

साथै रास्वपाले संसद् बैठक नियमित चलाउन सभामुखलाई पहलकदमी गर्न पनि आग्रह गरेको छ ।