GB Koirala Banner Ad New

हाईटेन्सन – अब नो टेन्सन

हेटौडा। बि.स २०२० मा हेटौडा औद्योगीक क्षेत्र स्थापना हुदा बिस्तार गरि प्रयोग गरिएको ११ के.बि को हाईटेन्सन लाईनले हेटौडा न– ९ पशुपतिनगर स्थित मोर्डन बोर्डिङ स्कुल देखि नेपाल बैंक गेट बाट भित्र औद्योगिक क्षेत्र सम्मको ५४ घर परिवारलाई धेरै नै दुःख थियो , यद्यपी बि.स २०५० बाट बैकल्पिक अर्को हाईटेन्सन लाईको बिस्तार संगै यस क्षेत्रको लाईन कट गरीएको थियो तर पोल र तार भने यथा स्थानमै ।


लाईन नभएता पनि तार र पोल का कारण यी पिडितका जग्गामा न बैंकले लोन दिन्थ्यो नत घर बनाउन नक्सा पास नै हुन्थ्यो , नत किन बेच नै गर्न सकिन्थ्यो । “ ३० बर्ष सम्म हामिलाई तार र पोल हटाई दिन्छौं भनि झुटो आश्वासन दिएर बिभिन्न राजनीतिक दलका कयौ नेता सभासद भए , मेयर भय ब्यक्तिगत हैसियत बडाय तर हाम्रो समस्या समाधान भएन” पिडित मध्यका एक पिडित बताउनुहुन्छ । लाईन काटे पनि पोल र तारको राजनीतिमा यो ५४ घर परिवारको तीन दसक दुःखमा नै बिते , अहिले आएर यो पिडित परीवारको पीडामा मल्हम लगाई भएको छ पोल र तार हटेको छ ।

कसरी भयो सम्भव
सुरुमा पिडित घर परिवार को राय बुझ्न घर–घरमा भेटधाट गरी पशुपति संयुक्त हाईटेन्सन तार पोल सुधार समिति गठन गरीयो तर यो पनि भोटको राजनीति मात्र हो भन्ने लागेको थियो , हामिले हाम्रो पुरा बिवरण दियौ आश गर्नु बाहेक हाम्रो बिकल्प नै थिएन , आश र भर दुबै गर्नु पर्ने अबस्थामा थियौं हामि । एक पिडितले आफ्नो गुनासो सुनाए ।


समिति गठन भयो , फाईल बने बिभिन्न निकायमा पेस भय तर नेपाल बिधुत् प्रधिकरणलाई तार र पोल हटाएवापत दिनु पर्ने रकम जुटाउन समितिलाई गाह्रो भयो , हेटौडा उपमहानगर पालिकामा आर्थिक सहयोगको लागि फाईल पेश गरीयो तर त्याबाट पनि सहयोग पाईएन तर त्यस्तै प्रकृतिको कामको लागि हेटौडा वडा नं ८ मैदामिलको हाईटेन्सन लाईन निकाल्न रु दस लाख पालिकाले दिएको थियो , वडा नं ९ मा पनि सहयोग मागियो याहाबाट पनि सहयोग जुटेन यसबाट राजनितिक पुर्वाग्रह राखेको हो की भन्ने समितिका सचिब नारयण अधिकारीले गुनासो गरे ।

समिति नि बन्यो गर्नुपर्ने कार्य पनि गरीयो तर पैसा जुटेन , अब के गर्ने भन्नेमा पीडित अलमल्लमा परे , यस पटक पनि यो कार्य सम्भव नै गराउनेमा समिति अठोटका साथ अधि बढ्यो पैसा कै अभाबको बहानामा यो कार्य बिफल बनाउन हुदैन भन्ने मनसायले पिडितहरु बाटनै आर्थिक संकलन गरीयो ५४ घरधुरी बाट संकलित नगद , समितिको दृड ईच्छासक्ति , प्रधिकरणको सहयोग , मकवानपुर क्षेत्र नं. १ का राप्रपा का माननीय सांसद दिपक बहादुर सिंह र युवा उद्योगी व्यवसायी सम्राट सिंह को बिशेष पहलमा अन्ततः पोल र तारको राजनिति लाई अन्त्य गरी ५४ घर धुरीको ३० बर्ष देखिको प्रयास लाई कार्यरुप दिईयो ।