दक्षिणी पाकिस्तानमा आइतबार भएकाे एउटा यात्रुवाहक रेल दुर्घटनामा ३० जनाको मृत्यु हुनुका साथै ९० भन्दा बढी घाइते भएका छन्।हजारा एक्सप्रेसका करिब १० डब्बा पटरीबाट खसेर दर्दनाक दुर्घटना निम्तिएको हो।
मिडिया रिर्पोटहरूका अनुसार यस दुर्घटनामा धेरै यात्रु गम्भीर घाइते भएकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताइएको छ ।
घाइतेहरुलाई उपचारका लागि सिन्धको नवाबशाहस्थित पिपुल्स मेडिकल अस्पतालमा लगिएको थियो, जहाँ उनीहरुको उपचार भइरहेको छ । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको मिडिया रिपोर्टमा दाबी गरिएको छ । यस्तो अवस्थामा मृतकको संख्या अझै बढ्न सक्ने जनाइएकोृ छ ।
रावलपिंडी जाँदै गरेको हजारा एक्सप्रेसकाे रेल सहारा रेलवे स्टेशन नजिकै शहजादपुर र नवाबशाहको बीचमा आइतबार दुर्घटनामा परेको थियो।






























