काठमाडौँ– काठमाडौँ विश्व विद्यालयमा तीन दिनसम्म ‘टेक्नो फेयर इभेन्ट’ हुने भएको छ । साउन २३ देखि २५ गते सम्म (अगस्ट ८ देखि १० सम्म ) टेक्नो फेयर इभेन्ट सञ्चालनमा आउने भएको हो ।
एकीकृत ग्रामीण विकास कार्यक्रम र नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरको आयोजनामा धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा इभेन्ट हुने भएको हो । कोयका अर्थात कोरिया इन्टरनेशनल कर्पोरेशन एजेन्सी र जीयोनबुक नेशनल विश्वविद्याल कोरियाको आयोजनामा इभेन्ट हुने भएको हो ।
इभेन्टमा प्रदर्शनीमा स्टार्टअप डेमो सेसन हुनेछ । स्मार्ट हेल्थको प्लाटफर्मलाई प्रदर्शनीमा राखिनेछ । अनुसन्धान र व्यापार विकासमा भएको प्रगति प्रस्तुत हुनेछ ।
प्रविधि व्यवस्थापन सम्बन्धी सेमिनार हुनेछ । प्रविधिको परीक्षण र आइडिया कन्टेष्टसमेत संकलन हुनेछ ।
प्रदर्शनीमा विकसित उपकरण र उर्जाका प्रयोगशाला प्रदर्शनीमा राखिने छ । ६-७ वर्षदेखि काठमाडौँ विश्व विद्यालयमा निर्मित उपकरण र ज्ञानले के कस्तो प्रगति त्यस बारेमा जानकारी दिने उनले बताए ।
देशभरीका मानिसले टेक्नो फेयरको प्रस्तुति सामाजिक सञ्जालबाट हेर्न सक्छन् , सबै मानिसहरू प्रदर्शनीमा पुग्न नसक्ने भएकाले उनीहरूका लागि फेसबुक लाइभबाट हेर्न सक्छन् ।
टेक्नो फेयरमा कोरिया विश्वविद्यालयको प्रतिनिधित्व विभिन्न प्रस्तुति हुने भएको छ






























