GB Koirala Banner Ad New

फिदिममा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ घाइते

पाँचथरमा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ ।

मंगलबार दिउँसाे फिदिम नगरपालिका-२ कृष्ण मन्दिर नजिक मेची राजमार्गमा झापाबाट पाँचथरतर्फ आउँदै गरेको मे १ ज १९४१ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका छन् ।

दुर्घटनामा ताप्लेजुङकी ४० वर्षीया सविना विश्वकर्मासहित २ जनाको अवस्था गम्भीर भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले बताए ।

मृतककाे सनाखत भएकाे छैन । दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।