GB Koirala Banner Ad New

सोलुखुम्बुमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना, पाँच जनाको शव भेटियो

काठमाडौं, २६ असार । सालुखुम्बुमा मंगलबार दुर्घटना भएको मनाङ एयरको हेलिकोप्टरमा पाँच जना शव भेटिएको छ ।

आज बिहान १० बजेबाट बेपत्ता भएको मनाङ एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।

सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लामजुराडाँडामा दुर्घटनाग्रस्त भएको हो।

जिल्लाको लाम्जुरापास क्षेत्रमा भएको दुर्घटना स्थलबाट पाँज जनाको शव भेटिएको र उनीहरुको पहिचान नभएको दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले जानकारी दिए । उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए । प्रहरीले घटनास्थलमा उद्धारको काम सुरु गरिसकेको उनले जानकारी दिए ।

मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो ।