GB Koirala Banner Ad New

आइएमई लाइफको आइपीओ विक्री खुला, क-कसले भर्न पाउने ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आज असार १ गतेदेखि आइपीओ विक्री गर्दैछ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलागि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको हो।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा शेयर बिक्रीमा ल्याएको हो। सर्वसाधारणका लागि भने कम्पनीले असार २० गतेदेखि आइपीओ विक्र गर्नेछ ।

कम्पनीले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरिएको हो।

कम्पनीको शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार १ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन्।