GB Koirala Banner Ad New

डाक्टरको घरमा नर्स मृत फेला

काठमाडौंमा एक नर्स झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । शनिबार राति बोहराटारस्थित डा. सुजन ढकालको घरमा ३४ वर्षीया अनुमा श्रेष्ठ मृत फेला परेको प्रहरीले जनाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय मेट्रोका प्रवक्ता हिमालय श्रेष्ठले अनुमा झण्डिएको अवस्थामा भेटिएको पुष्टि गरे । श्रेष्ठले भने,‘डा.सुजन ढकालको घरमा अनुमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् । थप अनुसन्धान भइरहेको छ । सुजनको घरमा बुवा आमा मात्रै हुनुहुन्थ्यो । सुजन दुई महिनादेखि काठमाडौं बाहिर रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’

मृतक वीर अस्पतालको ग्यास्ट्रो मेडिसिन वार्डको नर्सिङ इन्चार्ज समेत रहेकी बुझिएको छ , श्रेष्ठ शनिबार डा.ढकालको घरमा झण्डिएको अवस्थामा फेला परेकी हुन‍्। डा.ढकाल कान्तिबाल अस्पतालमा कार्यरत छन्।

प्रहरीले घटनास्थलबाट सुसाइड नोट समेत फेला पारेको छ । सुजन पछिल्लो केही समययता घरमा आउने गरेका थिएनन्। अनुमा र डा.सुजन लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ।