माननीय पूर्व सहायक कानुन मन्त्रि एवं संस्कृतविद श्री दिनवन्धु अर्याल ज्यू को प्रमुख आतिथ्यतामा हामी मानवता वचाउँ (We Save Humanity) संस्थाको चौथों वार्षिक साधारण सभा सम्पन्न भएको छ |
उक्त कार्यक्रममा अतिथिको रुपमा कोटेश्वर समाज सुधार युवा क्लबका अध्यक्ष सुबास रिमाल, सामुदायिक समाज एवं बिकास केन्द्रका महासचिव रबिन्द्र थापा, सामुदायिक प्रहरी सेवा केन्द्र महादेवस्थानकी सहायक कार्यालय प्रमुख सन्तोषी खड्का, आत्माज्ञान प्रचार प्रसार कोटेश्वर उपशाखाको प्रचार सहायक तारा तंडुकार, NRN केशव खनाल लगायत बिभिन्न समाजसेवी ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो |

कार्यक्रममा संस्थाको विशिष्ट सल्लाहकार एवं सामाजिक सेवी यमलाल खनाल ज्यूबाट स्वागत मन्तब्य ब्यक्त पश्चात प्रमुख अतिथिबाट पानसमा दीप प्रज्वलन पूर्वक औपचारित कार्यक्रमको शुरु भएको उक्त कार्यक्रममा संस्थाको केन्द्रिय का.अध्यक्ष दिनेशराज सुवेदीले संस्थाको उद्देश्य र स्थापना कालदेखी अहिले सम्म संस्थाद्वारा गरिएको सामाजिक मानवीय कार्यहरुको बारेमा प्रष्ट पार्नु भएको थियो |
यस संस्थाका संरक्षक श्रीराम लम्सालबाट संस्थामा आवद्ध आजिवन सदस्यहरुलाई प्रमाण पत्र वितरण साथै प्रमुख अतिथी लगायत सम्पूर्ण अतिथिहरुलाई संस्थाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो |






























