GB Koirala Banner Ad New

विदेशबाट ल्याएको सुनचाँदी पक्राउ

काठमाडौं । आज साउन २० गते विहान अन्तराष्ट्रिय विमानस्थलको प्रयोग गरी साकिर अली समेतका तीन जना भारतीय व्यक्तिहरुले विभिन्न देशहरूबाट भन्सार छलि अवैध रुपमा सुन चोरी पैठारी गरी काठमाडौं ल्याई कारोवार गर्न लागेको अवस्थामा एक होटलबाट महानगरीय प्रहरी अपराध महाशाखाले १ केजी ८ सय ६६ ग्राम विभिन्न गरगहना बरामद गरेको छ।

गोप्य सूचना महाशाखामा प्राप्त भएपश्चात अबैध सुनको कारोवार गर्ने व्यक्तिहरुको निग्रानी राख्न टोली खटाईएकोमा खटिएको टोलीले निग्रानी राखी साकिर अली समेतका व्यक्तिहरुको खोजतलास गर्दै जादाँ आज विहान १० वजेको समयमा काठमाण्डौ महानगरपालिका वडा नं.९ सिनामगंलमा रहेको मिर्चैया मल्हनिया गेष्ट हाउसको कोठा नं. २०२ बाट मुख्य व्याक्ति साकिर अली समेतका व्यक्तिहरु बसेको कोठा खानतलासी गर्दा कोठामा रहेको सुटकेशहरु मध्येको कालो रङको SYED JEE लेखिएको सुटकेश भित्रबाट सिल्भर रंगको पोलिस लगाएको घोटी हेर्दा सुन जस्तो पहेलो रङको धातुको रोल थान–८, सिल्भर रंगको पोलिस लगाएको घोटी हेर्दा सुन जस्तो पहेलो रङको धातुको टुक्रा थान–२, सिल्भर रंगको पोलिस लगाएको घोटी हेर्दा सुन जस्तो पहेलो रङको धातुको बिस्कुट आकारको पाता थान–१ गरी जम्मा एकमुष्ट तौल १ के.जी.८६६ ग्रामको सिल्भर रङको पोलिस लगाएको धातुहरु बरामद गरी अली सहित तीन जना व्याक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बैदेशिक रोजगारीबाट नेपाल फर्कने व्यक्तिहरुलाई प्रयोग गरी बिभिन्न घरायसी प्रयोजनका सामानहरुमा लुकाई छिपाई, जलप लगाई स्वरुप समेत परिवर्तन गरी अलीले भन्सार छली ल्याउने गरेको बुझिएको आएको छ। यस सम्वन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

पक्राउ परेका मानिसहरुमा भारत राजस्थान नागौर जिल्ला छोटीखाटु थाना, सेरानी आवाद घर भएका वर्ष २७ का साकिर अली,ऐ ऐ बस्ने वर्ष २८ का अब्दुल सतार,ऐ ऐ बस्ने वर्ष का २४ त्यार मोहम्मद रहेका छन।

उनीहरूको साथबाट प्रहरीले सिल्भर रंगको पोलिस लगाएको घोटी हेर्दा सुन जस्तो पहेलो रङको धातुको रोल थान–८, सिल्भर रंगको पोलिस लगाएको घोटी हेर्दा सुन जस्तो पहेलो रङको धातुको टुक्रा थान–२, सिल्भर रंगको पोलिस लगाएको घोटी हेर्दा सुन जस्तो पहेलो रङको धातुको बिस्कुट आकारको पाता थान–१ गरी एकमुष्ट तौल १ के.जी. ८६६ ग्रामको सिल्भर रङको पोलिस लगाएको धातुहरु बरामद गरेको छ ।

यसैगरि उनीहरूको साथबाट भारतिय ५०० दरको २११ थान रुपैयाँको जम्मा भा.रु. १, ५, ५०० पनि बरामद गरेको महानगरीय प्रहरी महाशाखाले जानकारी दिएको छ।