GB Koirala Banner Ad New

राष्ट्रपति भण्डारीद्वारा बेलायती महारानीलाई खोप सहायता उपलब्ध गराउन अनुरोध गर्दै पत्राचार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोप सहायता उपलब्ध गराउन अनुरोध गर्दै बेलायती महारानी एलिजाबेथ द्धितियालाई पत्राचार गरेकी छिन् ।

लन्डन दूतावासका अनुसार राष्ट्रपतिको पत्र आइतबार बेलायती विदेश मन्त्रालयमा बुझाइएको छ । राष्ट्रपतिले आइतबारै रुसी समकक्षी भ्लाडिमिर पुटिनलाई पनि पत्राचार गरेकी छिन् । अमेरिकी समकक्षी जो बाइडेन र भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्र लेखेकी छिन् ।