GB Koirala Banner Ad New

एमालेमा ओली– माधव टकराव

काठमाडौ । नेकपा (एमाले) मा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल,झलनाथ खनालको व्यक्तिगत टकराव र अहंकारकै कारण सत्तारुढ पार्टी एमाले विभाजनको अन्तिम विन्दुमा छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल पक्षका शिर्ष नेताहरुको तुलना गर्ने हो भने एमाले पार्टी निर्माता, त्यागी र निष्ठाको राजनीति गर्नेहरु माधव पक्षमा पल्लाभारी देखिएको छ ।

एमालेका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल,वामदेव गौतम,सिपि मैनाली,मदन भण्डारी, जीवराज आश्रित,ईश्वर पोखरेल,प्रदिप नेपाल, रामचन्द्र यादव, मणिचन्द्र राई, मुकुन्द न्यौपाने,मोदनाथ प्रश्रित,रत्न कुमार वान्तवाले नेकपा (माले) स्थापना गर्दा मोहनचन्द्र अधिकारी,राधाकृष्ण मैनाली, केपी शर्मा ओली जेलमा थिए ।

२०४४ सालमा जेलबाट छुटेपछि केन्द्रीय सदस्य बनेका उनै ओलीले आज खनाल–नेपाललाई पार्टीबाट निष्कासन गरेर एमाले कब्जामा लिएका छन् । यो सँगै झापा विद्रोहलाई प्रेरणा मानेर एउटै पृष्ठभूमिबाट माथि उठेका ओली, खनाल र नेपालको बाँकी राजनीतिक जीवन अब अलग हुने निश्चित भएको छ ।

गत वर्षको फागुन तेस्रो साताबाट सुरु भएको निषेध र प्रतिशोधको विष वृक्ष बढ्दै गएपछि एमालेको खनाल–नेपाल समूहले पार्टीबाट अलग्गिनुमै आफ्नो भलाई ठान्दै आएको थियो ।

तर त्यो सिलसिला जेठ १० गतेसम्म आईपुग्दा ओलीले आफ्नै स्थापनाकालिन सहयात्रीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निकाल्ने हदमा पुगेपछि एमालेको एकताबद्ध कहानी विलयको अवस्थामा झरेको छ ।

अब खनाल–नेपाल समुह अर्को पार्टीको तयारीमा पुगेका छन,यधपी माधव( खनालले अझै एमाले भित्रै अन्तर संघर्ष गर्ने र ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउने नीति लिदै आएका छन। यसमा सर्वोच्च अदालतको फैसलाले माधव( ओली लडाईमा निर्णायक भुमिका खेल्नेछ।

नेकपा (एमाले) मा माधवकुमार नेपालले सबैभन्दा लामो समय निरन्तर १५ वर्ष नेतृत्व गरेका थिए । झलनाथ खनालले भूमिगत कालमा ५ वर्ष मालेको नेतृत्व गरे । २०६४ सालको संविधानसभा चुनावपछि खनाल नै फेरि पार्टीको महासचिव बने ।  २०६५ को आठौं महाधिवेशनबाट ओलीलाई पराजित गर्दै खनाल पहिलो अध्यक्ष बन्दै एमालेको नेतृत्व गरेका थिए ।

नवौं महाधिवेशनपछि मात्रै माधव नेपाललाई हराएर पार्टीको नेतृत्वमा आएका ओली नै अहिले एमालेको एकाधिकार बनेका छन् । यद्यपी पार्टीभित्रको सिद्वान्तनिष्ठ, वैचारिक र एमालेका असली अनुहार खनाल–नेपाल समुह तिरै देखिन्छन् । ओलीतिर भने बढी महात्वाकांक्षी, दादागिरी र अहंकारीहरुको झुण्ड रहेको देखिन्छ ।

एमालेकै जगमा उभिएर माधव,झलनाथ र केपी तीनै जनाले देशको प्रधानमन्त्री बन्ने हैसियत पाए । तर राजनीतिक जीवनको उत्तरार्धमा आईपुग्दा यी तीनबीच मन नमिल्ने अवस्था आयो र बहिर्गमनको यात्रा आरम्भ भएको छ । खनाल–नेपाल समुहले विधार्थी नेता जीवन राईको नेतृत्वमा नेकपा ९एकिकृत० नामको पार्टी दर्ता गरेको छ ।

गत बर्षदेखि नै विभाजनको रस्साकस्सीमा रहेपनि पार्टी फुटको दोष आफ्नो थप्लोमा लिन नचाहेका कारण एमाले एक जस्तो देखिएको थियो । अहिले खनाल–नेपाल समुह नयाँ पार्टी नै दर्ता गरेर अघि बढने दिशामा देखिएपछि एमाले विभाजन सुनिश्चित भएको हो ।

२०५४ मा फुटेर ०५८ सालमा मिलेको माले( एमाले पुनः दोस्रो पटक विभाजनमा पुग्नुको मुल कारण प्रधानमन्त्री ओलीको शक्ति आर्जन गर्ने हुटहुटी हो । जसले यसअघि नेकपा फुटाई सकेको छ । त्यसमध्ये खनाल–नेपाल समुहले ६६ जिल्लामा गठन गरेको समानान्तर कमिटी पनि अर्को कारण हो । जुनसुकै राजनीतिक दलको निर्माण, गति र भविष्यन्यु उसले अंगिकार गरेको सिद्धान्त र निष्ठामा अढिएको हुन्छ ।

निष्ठाको राजनीति गौण हुँदै गएको परिप्रेक्षमा एमालेभित्र पनि हैकमवादी सोच र निरंकुशता हावी हुँदै गएको छ । पार्टीका बैचारिक शक्ति पाखा लगाएर कम्युनिष्ट पार्टीको गतिशिलता दिवास्वप्ना मात्रै हुँदै जाने देखिदैछ ।

प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा एमाले गुटै गुटले भरिदै गएको छ । ओली नेतृत्वको एमालेमा छर्लङ्ग देखिने ११ वटा गुट रहेको छ।

ओली नेतृत्वको एमालेमा रहेका गुटहरु यस्ता छन:

सुवासचन्द्र नेम्वाङको गुट :

ओली नेतृत्वको नेकपा (एमाले) का दुई शिर्ष नेताहरु ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङ्ग वीच को ठुलो भन्ने आन्तरिक लडाई छ। उपप्रधानमन्त्री इश्वर पोखरेलले नेम्वाङलाई प्रधानमन्त्री हुनबाट रोकेको भन्दै नेम्वाङ्ग पनि प्रतिवादात्मक कुटनैतिक जवाफ फर्काएको चर्चा छ ।

नेम्वाङ्गले पोखरेललाई गृहमन्त्री हुनबाट रोकेको र पोखरेल नेतृत्वको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को भुमिकाबाटै च्युत गरिदिएका छन । नेम्वाङको गुटमा केही आदिबासी जनजाती नेताहरु रहेका छन । नेम्वाङले बारम्बार पार्टी भित्रका आदिबासी जनजाती नेताहरुलाई उचालेर रडाको मचाउने गरेका छन ।

इश्वर पोखरेल नेतृत्वको गुट :

ओली नेतृत्वको एमालेका महासचिव इश्वर पोखरेल उपप्रधानमन्त्री पनि हुन् । दोस्रो संविधान सभाको चुनावमा काठमाडौं–५ बाट सांसद बनेका पोखरेल पुर्व रक्षा मन्त्री हुन् । पोखरेल बाम गठबन्धनको नेपाल कम्युनिष्ट पार्टीको सचिवालय सदस्य पनि हुन् । उनी २०६९ मा देउवा सरकारका पालामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र भएका थिए ।

२०७५ साल जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता पश्चात् गठित एकीकृत पार्टीको महासचिवमा एमालेले एकाएक विष्णु पौडेललाई अगाडि ल्याएपछि धेरैले अचम्म मानेका थिए ।

नवौं महाधिवेशनबाट निर्वाचित महासचिव ईश्वर पोखरेललाई आउट गरी उपमहासचिव पौडेल शक्तिशाली कम्युनिष्ट पार्टीको महासचिवका रुपमा उदाएपछि अचम्म लाग्नु स्वाभाविकै थियो ।

झन्डै दुई तिहाई मतसहित सरकारको नेतृत्व गरेको शक्तिशाली पार्टीको महासचिवका रुपमा पौडेलले पुगनपुग दुई वर्ष पार्टीमा मज्जैले स्थान लिए ।

तर अदालतको निर्णयपछि २०७५ जेठ २ मा पुगेको एमालेमा पनि अप्रत्यक्ष रुपमा पौडेल नै महासचिवका रुपमा सक्रिय देखिए । यद्यपि अरु सबैका पद खोसिँदा पनि ईश्वर पोखरेलको पद भने कायमै छ ।

एमालेको अहिलेको अन्तरसंघर्षमा पोखरेल र पौडेल ओलीकै साथमा छन् । एमालेको नवौँ महाधिवेशनमा दुबैले ओली प्यानलबाट जितेको भए पनि पौडेललाई अध्यक्ष ओलीको आशिर्वाद धेरै मिलेको प्रष्ट छ । ओलीलाई खुशी बनाउन पोखरेलले जति पापड बेले पनि उनी आफ्नै कारणले सफल बन्न सकेका छैनन्।

पौडेल भने पोखरेलको ठीक विपरित स्वभावका छन । यहि शैलीका कारण उनी पार्टीमा हावी हुँदै जाँदा कडा बोल्ने र अरुलाई चिढ्याउने तथा आरिसे स्वभावका कारण पोखरेल पछि परेको बताइन्छ ।

गोकुल बास्कोटाको गुट :

पार्टीभित्र गोकुल बास्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीका ‘कोर ग्रुप’ का सदस्य हुन् । ओली कुनै समय पार्टीभित्र निकै कमजोर र एक्लो भएका बेला पनि गोकुलले साथ नछाडेका कारण पनि उनीप्रति प्रधानमन्त्रीको अतिरिक्त प्रेम व्यक्त हुँदै आएको छ । काभ्रेबाट पहिलोपटक सांसद जितेका बास्कोटालाई ओलीले सञ्चार राज्यमन्त्री हुँदै फूलमन्त्रीमात्र बनाएनन् पार्टीको केन्द्रीय सदस्य पनि बनाए ।

संयोग नै मान्नुपर्छ, २०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा देशभरिबाट सबैभन्दा बढी लोकप्रिय मत पाएर जित्ने पहिलो नम्बरमा केपी शर्मा ओली हुँदा गोकुल दोस्रो नम्बरमा थिए । ओलीले झापा ५ बाट ५७ हजार १३९ मत पाएर जितेका थिए भने बास्कोटाले काभ्रे २ मा ५५ हजार ५२६ मत पाएर विपक्षीभन्दा करीव २० हजार मतअन्तरमा बिजयी भएका थिए ।

पार्टीभित्र अरु गुटको कुरा नगरौं, ओली गुटभित्रै पनि गोकुलको प्रगति र उनीप्रति प्रधानमन्त्रीको अतिरिक्त भरोसामाथि आरिस भइरहेको थियो । अझ प्रधानमन्त्रीले बालकोटको आफ्नै घरलाई मन्त्री बास्कोटाको क्वार्टर बनाइदिएपछि शक्तिकेन्द्रहरु पनि प्रधानमन्त्रीसम्म पुग्न वा प्रधानमन्त्रीको नजरमा पर्न गोकुलसँग नजिकको सम्बन्ध राख्न चाहान्थे ।

मन्त्री बनेपछि गोकुलको प्रभाव बढिरहेको थियो । छुच्चो बोल्ने तर सत्य बोल्ने र विपक्षीप्रति प्रधानमन्त्री भन्दा कठोररुपमा प्रस्तुत हुने शैलीबाहेक गोकुलको आचरणप्रति खासै प्रश्न उठेको थिएन । मन्त्रीका रुपमा उनले मन्त्रालयका आन्तरिक कामहरु निकै अघि बढाएका थिए । कार्य सम्पादनमा उनको नम्बर अब्बल नै थियो ।

महेश बस्नेतको गुट :

महेश बस्नेतले एमाले भित्रका अराजक युवाहरुको जत्था सम्हालेका छन । उनले गुण्डा डन प्रवृतिलाई समेटेपनि आफू भने राजनीतिक छविका छन । कुनै समय बस्नेतले विराटनगरका गुण्डानाइके तथा नेकपा एमालेका युवा नेता पर्शुराम बस्नेतलाई सार्वजनिक समर्थन दिएका थिए ।

यिनले पर्शुराम समाचारको विषयलाई लिएर बस्नेत माथिको आरोप फिर्ता लिनुपर्ने भन्दै नागरिक दैनिकलाई बन्द गरी सम्पादक नारायण वाग्लेलाई जेलचलान गर्ने धम्की समेत दिएका थिए । बस्नेत सुशील कोइरालाको मन्त्रीपरिषदमा उद्योग मन्त्री पदभार सम्हालेका थिए ।

राम बहादुर थापा बादलको गुट :

पुर्व गृह मन्त्री रामबहादुर थापा बादल नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालयका सदस्य थिए । २०७४ मा वाग्मती प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएका बादल सर्वोच्च अदालतले नेकपाको दर्ता बदर गरेपछि उनले माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेपछि उनी राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका थिए ।

२०७८ जेठ ६ मा भएको उपनिर्वाचनमा एमालेको उम्मेदवार भएका थिए । तर विपक्षी गठबन्धनको उमेदवार डा। खिमलाल देवकोटासँग पराजित भएका बादलको एमालेमा एउटा छुट्टै गुट रहेको छ ।

लेखराज भट्टको गुट :

२०७४ को संघिय निर्वाचमा नेकपाबाट उम्मेद्धार रहेका भट्ट उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री रहेका थिए । सर्वोच्च अदालतले नेकपाको दर्ता बदर गरेपछि उनले माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेपछि भट्ट सांसदबाट पद मुक्त भएका थिए ।

शंकर पोखरेलको गुट :

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेकपा (एमाले) को स्थायी कमिटी सदस्य शंकर पोखरेल हुन् । पोखरेल दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।