GB Koirala Banner Ad New

दुई लाख डाेज खोप लिन नेपाल एयरलाइन्स र हिमालयनका विमान चीन जाँदै

काठमाडौं । चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको १० लाख डोज काेराेना खाेपमध्ये २ लाख खोप जेठ १६ गते आइतबार काठमाडौंआइपुग्ने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका छन ।

उक्त २ लाख डोज खोप तिब्बतबाट ल्याउन लागिएको हो । बाँकी आठ लाख खोप जुन २ तारिखभित्र ल्याइने भएको छ । परराष्ट्र मन्त्रालयले पनि खोप ल्याउन लागेको जनाएको छ ।

खोप ल्याउन नेपाल वायुसेवा निगम र हिमाल एयरलाइन्सका विमान चीनतर्फ जाँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिङपिङबीच भएको टेलिफोन वार्तामा चीनले १० लाख डोज खोप उपलब्ध गराउने घोषणा भएको थियो ।

त्यही घाेषणा अनुसारकाे २ लाख डाेज खाेप लिन दुई जहाज तिव्वत जादैछन ।