काठमाडौं । प्रतिनिधिसभाको विघटन सम्बन्धी मुद्दाको सुनुवाइका लागि सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले पाँच सदस्यीय संवैधानिक इजलास तोक्नु भएको छ ।
सो इजलासमा न्यायाधीशहरू दीपकुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहाजुर केसी, बमकुमार श्रेष्ठ रहनु भएको सर्वोच्चर अदालतले आज जारी गरेको पेशी सूचीमा उल्लेख छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को सिफारिसमा दोस्रो पटक प्रतिनिधिसभा विघटनपछि सर्वोच्च अदालतमा परेका ३० वटा रिटको आज सुनुवाइ हुँदैछ ।
विघटनपछि ११ वटा रिट संवैधानिक इजलासमा परेको थियो भने अन्य १९ वटा रिट सर्वोच्च अदालतमा परेका थिए । अन्य रिटहरूमा विहीबारको सुनुवाइ प्रधानन्यायाधीश राणाले अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै रिटको सुनुवाइ संवैधानिक इजलासमा पेश गर्न आदेश दिनुभएको थियो ।






























