GB Koirala Banner Ad New

रेग्मी आयरल्याण्ड र माल्टा तथा खड्का स्लोभाकका राजदूत नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अधिराज्यका लागि नेपाली आवासीय राजदूत लोकदर्शन रेग्मीलाई आयरल्याण्ड र माल्टाका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नै राष्ट्रपतिले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई स्लोभाक गणतन्त्रका लागि पनि गैरआवासीय राजदूतमा आज नियुक्त गरेकी हुन् । खड्का नियुक्ती भएको जानकारी राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति मार्फत जनाएका हुन् ।  रासस