GB Koirala Banner Ad New

बेलायत सरकारले नेपाललाई २० लाख डोज खोप निःशुल्क दिने

काठमाडौँ। बेलायत सरकारले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप निःशुल्क दिने भएको छ । नेपालले उक्त खोप विश्व स्वास्थ्य सङ्गठनको कोभ्याक्स कार्यक्रमअन्तर्गत निःशुल्क पाउने भएको हो ।

गत बिहीबार बेलायतको उपल्लो सदनले नेपाललाई २० लाख डोज खोप दिने निर्णय गरेको थियो । बेलायतको विदेश मन्त्रालयको प्रस्तावमा त्यहाँको संसद्ले खोप दिने निर्णय गरेको बताइएको छ ।

आधिकारिक जानकारी प्राप्त नभए पनि केही दिनभित्रै खोप उपलब्ध गराउने निर्णयबारे आधिकारिक जानकारी प्राप्त हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकार दिएको छ। मन्त्रालयका अनुसार लिखित जानकारी आउनासाथ खोप ल्याउने प्रक्रिया अघि बढाइने छ ।