ललितपुर । आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई ललितपुरको बुङ्मती लगिँदैछ । आज बिहान ६ बजेर ४० मिनेटकोे साइतमा मच्छिन्द्रनाथको मूर्तिलाई रथमा ओराल्ने साइत रहेकोमा प्रतिकात्मक रुपमा रथ हल्लाइएको दैवज्ञ ज्योतिष कीर्तिकिरण जोशीले जानकारी दिनुभयो । दिउँसो मूर्तिलाई बुुङ्गमती तर्फ लगिने छ ।
विगतमा भोटो जात्राका दिन भोटो देखाएपछि मात्र मूर्तिलाई रथबाट ओरालेर बुङ्गमती लगिने गरिएकोमा यस वर्ष भोटो जात्रा नगरिकन रथबाट मूर्तिलाई निकालेर सोझै बुङ्गमती तर्फ लगिन लागेको हो ।
यो सँगै यसवर्षको मच्छिन्द्रनाथको जात्रा सकिनेछ । कोरोनाको जोखिमका कारण रातो मच्छिन्द्रनाथको रथजात्रालाई छोट्टयाउने सहमति अनुसार जेठ १ गते रथलाई पुल्चोकको सोह्रखुट्टे पाटीसम्म तानिएको थियो ।































