GB Koirala Banner Ad New

प्रधान सेनापतिद्वारा फिल्ड अस्पताल तथा सैनिक आवासीय महाविद्यालयको समुद्घाटन

काठमाडौं । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले २०७८ ज्येष्ठ ३ गते महोत्तरी जिल्लाको बर्दिवासमा निर्माण भएको फिल्ड अस्पताल र सैनिक आवासीय महाविद्यालयको समुद्घाटन तथा निरीक्षण भ्रमण गर्नु भएको छ ।

उक्त अवसरमा प्रधान सेनापति थापाले मध्य पूर्वी पृतना हे।क्वा। को संयोजन तथा सैनिक कल्याणकारी कोषको लगानीमा “बर्दिबास सैनिक शिविर” भित्र निर्माण भएको २५ शैय्याको फिल्ड अस्पताल तथा सैनिक आवासीय महाविद्यालयको बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नु भएको थियो ।

नेपाली सेनाको बहालवाला तथा अवकाश प्राप्त सैनिक र आश्रित परिवारहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य साथ निर्माण भएको उक्त फिल्ड अस्पतालबाट डेण्टल प्रोसिजर, इएम् सर्भिस, वेशिक ल्याब सर्भिस, एक्स रे सेवा, एक्सिडेण्ट तथा ईमर्जेन्सी सेवा, क्ष्लमययच सर्भिस (१७ वेड) र फार्मेसी सेवाहरु सूचारु हुने छन् ।
त्यसैगरी “सैनिक आवासीय महाविद्यालय, बर्दिबास” मा जनमैत्री शैक्षिक कार्यक्रम अन्तर्गत नं. २ प्रदेश अन्तर्गतका ८ वटा जिल्लाहरुबाट २/२ जनाको दरले दलित, जनजाति, विपन्न, पिछडा एवं टुहुरा बालबालिकालाई समेत पूर्ण छात्रवृत्ति सहित समावेश गरी यसै शैक्षिक सत्रबाट (२०७८ असार महिना) कक्षा ६ संचालन हुने र प्रत्येक बर्ष क्रमशस् कक्षाहरु थप गर्दै लैजाने योजना रहेको छ ।

हाल देशमा भयावह रुपमा फैलिदै गरेको कोभिड–१९ संक्रमणको कारण स्वास्थ्य क्षेत्रमा उत्पन्नट भएको असहज परिस्थितिलाई मध्य नजर गरी उक्त नवनिर्मित फिल्ड अस्पतालमा बेडको उपलब्धताको आधारमा गैर सैनिक बिरामीहरुलाई समेत सेवा उपलब्ध गराउने योजना रहेको जानकारी गराईन्छ ।