काठमाडौं । “सफा हिमाल अभियान–२०२१” अन्तर्गत फोहोर संकलन कार्यमा खटिएका नेपाली सेना सहितको संयुक्त टोलीले २०७८ वैशाख २८ गते सगरमाथाको Camp-II बाट संकलित फोहोरलाई बेश क्याम्पमा Re-packing गर्ने क्रममा Human Skeleton Remains (मानव कंकाल) को दांया हात र वांया पाखुरा फेला परेको छ ।
उक्त फेला परेको मानव कंकाललाई सोही मितिमा सगरमाथा बेश क्याम्पबाट हेलिकप्टर मार्फत् लुक्ला पठाईएको र आवश्यक प्रक्रियाको लागि लुक्ला स्थित ईलाका प्रहरी कार्यालयलाई बुझाइएको व्यहोरा जानकारी गराईन्छ ।






























