काठमाडौँ । खाडी मुलुकमा रहेका नेपालीको समन्वयमा छ सय अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाउने तयार गरिएको छ । नेपालमा नयाँ भेरिएन्ट सहितको कोरोनाका कारण सङ्क्रमण हुने दर निकै बढेपछि खाडीमा रहेका नेपालीको समन्वयमा त्यो सङ्ख्याका अक्सिजन सिलिन्डर खरिद गरेर नेपाल पठाउन थालिएको हो ।
ओमानस्थित नेपाली दूतावासले खरिद गरिएका अक्सिजन सिलिन्डर नेपाल पठाउनका लागि परराष्ट्र मन्त्रालय मार्फत सहजीकरण गरिररहेको जनाएको छ ।
साथै खरिद गरिएका सिलिन्डर नेपाल पठाउने विषयमा दूतावासले नेपाल एयरलाइन्ससँग कुराकानी भइरहेको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिनुभयो ।
राजदूत ढकालका अनुसार अक्सिजन सिलिन्डर खरिद गरिसकेकाले जतिसक्दो छिटो नेपाल पठाउन दूतावासले परराष्ट्र मन्त्रालय मार्फत नेपाल एयरलाइन्समार्फत पेपर वर्क गरिरहेको छ ।
खाडी मुलुकमा कार्यरत नेपालीको संस्था गैरआवासीय नेपाली सङ्घ ९एनआरएन०ले स्वतःस्फूर्त आर्थिक सहयोग गरेर सिलिन्डर खरिद गरिसकेको र आइतबारसम्म नेपाल पठाउने तयारी गरिरहेको जनाइएको छ ।































