GB Koirala Banner Ad New

क्षत्रपाटी अस्पतालमा नि:शुल्क कोभिडको उपचार

काठमाडौं । नेपालको जेठो सामुदायिक अस्पताल क्षत्रपाटी निःशुल्क चिकित्सालयले कोभिड उपचार निस्शुल्क गर्ने भएको छ ।

दाताहरुको सहयोगमा चिकित्सालयलाई कोभिड उपचार केन्द्र बनाएर निस्शुल्क उपचार गर्न लागिएको हो । आईसियु सहितका ३५ वेडमा कोभिडका विरामीहरुको उपचार शुरु गर्ने सो अस्पतालले जनाएको छ ।

चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले ५० बेड क्षमताको चिकित्सालयलाई कोभिड डेडीकेटेड अस्पतालको रुपमा संचालन गरिने बताउनुभयो । अहिले चिकित्सालयको प्राङ्गणमा सामान्य उपचार सहितको आइसोलेशनको व्यवस्था गरिएको छ ।