काठमाडौं। आज राति डीभी रिजल्ट सार्वजनिक हुने भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार आज वैशाख २५ गते नेपाली समयअ नुसार रातिको ९:४५ बजेबाट डिभी २०२२ को नतिजा सार्वजनिक हुँदैछ
नतिजा https://dvprogram.state.govमा गएर निशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्नेछ।
छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी उक्त साइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ। दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डिभी कार्यक्रममा छनौट भएको भन्ने व्यहोराको ईमेल पठाउँदैनन्।































