काठमाडौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले नेपालको संबिधानको भावना र मर्म बिपरित हालै जारी गरेको संबैधानिक परिषद सम्बन्धि अध्यादेश र त्यसै बमोजिम भोली बैशाख २६ गते बोलाईएको संबैधानिक परिषदको बैठकमा सहभागी नहुने निर्णयका साथ अन्य सदस्यलाई पनि सहभागी नहुन आवह्रान गरेका छन।
सभापति देउवाले सो सम्बन्धमा नेपाली काँग्रेसको औंपचारिक धारणा र अडान सार्बजनिक गरेका छन।
































