काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’ का नेपाल स्टेशन प्रमुख राघवप्रसाद भट्नागर बैशाख २४ गते सवा दुई बजे एयर इण्डिया विमानबाट काठमाडौं आइपुगेका छन् ।
‘रअ’ का डिआईजी भट्नागरसँगै अर्का एक कर्मचारी पनि काठमाडौं आइपुगेका छन् । उनीहरू दुबै जनालाई कुटनैतिक सुविधा दिई भिआईपी ढोकाबाट बाहिर निस्किएका र भारतीय दुतावासको सिडि गाडीबाट होटलतर्फ लागेका थिए।
नेपालमा राजनीतिक संकट बढ्दै गएपछि ‘रअ’ का नेपाल हेर्ने स्थायी कर्मचारी नेपाल आएका हु। उनले १० दिन क्वारेन्टाइन बसेर स्टेसन प्रमुखको जिम्मेवारी सम्हाल्ने दुतावास स्रोतको दाबी छ ।
यद्यपि दुतावासले भने को कर्मचारी नेपाल आएको हो आफूलाई थाहा नभएको बताएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार कुटनीतिक राहदानी लिएर भारतीय नागरिक राघवप्रसाद भट्नागर नेपाल आएका छन् । तर उनी ‘रअ’ का व्यक्ति भएको र उनलाई भीआइपी सुविधा दिइएको स्रोतले बताएको छ ।
दूतावासले ती भीआइपीहरु को–को हुन् थाहा नभएको बताएपनि दूतावासकै गाडीमा राखेर दूतावासका कर्मचारीले उनीहरुलाई लगेका थिए । हाल रअ को स्टेसन प्रमुख अभिजित हल्दर रहेका छन।
उनको तीन वर्षे कार्यकाल गत डिसेम्बरमा सकिसकेको छ । तर उनी चार महिना बढी काठमाडौंमा बसिसकेका छन। राघव आएको विमानमा ३६ जना यात्रु थिए। त्यसमा १८ जना शान्ति सेनाबाट फर्किएका नेपाली सेना पनि थिए स्रोतले भन्यो।
नेपालमा राजनीति उथलपुथल भइरहेका कारण उनी दुई महिना बढी यहाँ बसे । अब नेपालको स्टेशन भटनागरले सम्हाल्ने छन् । उनले एक हप्तापछि कार्यभार सम्हाल्ने भारतीय दूतावास स्रोतले जनाएको छ । राघव यसअघि भुटानमा थिए।































