GB Koirala Banner Ad New

साल्ट ट्रेडिङ कर्पोरेशनले मोबाइल भ्यान मार्फत दैनिक तीन सय परिवारलाई खाद्यान्न बिक्री गर्दै

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले गत बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा लागु गरिएको निषेधाज्ञाको समयमा उपभोक्तालाई समस्या हुनसक्ने भन्दै मोबाइल भ्यान मार्फत खाद्य पदार्थको बिक्री वितरण सुरु गरेको छ ।

गत वर्षको बन्दाबन्दीको समयबाट मोबाइल भ्यान मार्फत खाद्य पदार्थको बिक्री वितरण सुरु गरेको कर्पोरेशनले निषेधाज्ञाको समयमा पुनः बिक्री वितरण सुरु गरेको हो । कर्पोरेशनले मोबाइल भ्यान मार्फत कर्पोरेशनसँग उपलब्ध भएका खाद्य पदार्थ नुन, चिनी, चामल, तेल, मैदा, दाल तथा गेडागुडी बिक्री गर्दै आएको छ ।

उपभोक्ताको माग अनुसार कर्पोरेशनले उपत्यकाका विभिन्न स्थानमा मोवाइल भ्यान मार्फत माईकिङ गरेर खाद्य पदार्थको बिक्री वितरण गर्दै आएका छन् ।

बिहान १० बजेदेखि दैनिक २ वटा भ्यान उपभोक्ताको माग आएका स्थानमा खाद्य पदार्थको बिक्रीका लागि हिड्ने गरेका छन् ।
हाम्रा भ्यानहरु उपभोक्ताको मागका आधारमा काठमाडौँ उपत्यकाका जुनसुकै स्थानमा गएर खाद्य पदार्थको बिक्री वितरण गर्छन ।

उपभोक्ताले माग गरेको स्थान भैहाल्यो । माग नआएता पनि अनामनगर, शंखमुल, चन्द्रागिरी लगायतका स्थानमा दैनिक भ्यानहरु गइरहेका हुन्छन । ‘एक वटा भ्यानमा राखिएको सामग्री ८० परिवारलाई सम्म पुग्ने गरेको छ । मोबाइल भ्यानले दैनिक ३ सय परिवारलाई आवश्यकता अनुसारको खाद्य पदार्थ बिक्री गर्ने गरेको छ ।

चार बिक्री केन्द्र खुला

घुम्ती सेवा बाहेक साल्ट ट्रेडिङले कालिमाटी, सतुंगल र कोटेश्वर. भक्तपुरमा गरी चार स्थानमा रहेका आउटलेटबाट खाद्यान्न र ग्यासको बिक्री गर्दै आएको छ ।

निषेधाज्ञाको समयमा हुने चर्को मुल्यवृद्धि र खाद्यान्नबाट उपभोक्तालाई केहि राहत दिन मोबाइल भ्यानबाट घुम्ति सेवा दिइरहेको सुचना अधिकृत भण्डारीले जानकारी दिए ।

२ बजेसम्म बिक्री काउन्टर खुला

कर्पोरेशनले उपत्यकाका चार वटा बिक्री काउन्टर बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खुला गर्दै आएको छ ।  नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै बिक्री काउन्टर खुला गरेका छौँ । अन्य समयको जस्तो निषेधाज्ञाको समयमा धेरै सेवाग्राहीको भिड छैन, सेवाग्राहीलाई २ मिटरको दुरीमा राखेर खाद्य पदार्थको बिक्री वितरण गर्ने गरेको छ । ‘गत वर्षको बन्दाबन्दीमो सबै क्षेत्र बन्द थिए । तर यसपालिको निषेधाज्ञामा सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै बिहान ९ बजेसम्म पसलहरु सञ्चालन गर्न दिदा कर्पोरेशनमा सेवाग्राहीको भिड छैन ।’